गाजामा शान्ति प्रक्रियाका लागि ऐतिहासिक सम्झौता
महोत्तरी टुडे
आश्विन २३ २०८२
एजेन्सी,अम्मान– गाजामा जारी द्वन्द्व अन्त्य गर्न मिस्रमा ऐतिहासिक सम्झौता भएको छ। सम्झौताअनुसार गाजामा युद्धविराम लागू, सबै बन्धकहरू मुक्त र इस्रायली सेना ‘सहमती सीमा’मा फिर्ता हुने व्यवस्था सुनिश्चित गरिएको छ।
सम्झौतामा कतार, मिस्र, तुर्की र ट्रम्पको पहललाई विशेष महत्व दिइएको छ।
नेपाल सरकार र नेपाली समुदायले यस घटनालाई सकारात्मक रूपमा लिएको छ। विशेष गरी नेपाली नागरिक विपिन जोशी छिटो र सुरक्षित रूपमा रिहा हुने आशा व्यक्त गरिएको छ।
राजनीतिक विश्लेषकहरूले यस सम्झौतालाई मानवताका लागि शान्तिको ऐतिहासिक पहलको रूपमा मूल्याङ्कन गरेका छन्।
यस सम्झौताले गाजामा मानविय राहत, स्थायित्व र शान्तिको मार्ग खोल्ने विश्वास व्यक्त गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
