पानीको हाहाकार: सम्सीमा वर्षा नपरेपछि मुस्लिम समुदायले नमाज पढ्दै पानीको लागि प्रार्थना(दुवा) गरे।

महोत्तरी टुडे     

महोत्तरी, सम्सी –
महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा पानीको चरम अभावका कारण स्थानीय किसानहरू रोपाइँ गर्नबाट वञ्चित भएका छन्। खेत सुक्खा र फाटिएको छ, बर्सातको प्रतिक्षामा किसानहरू आकाश हेरेर बसेका छन्।

वर्षा नपरेपछि सम्सी गाउँपालिकाका मुस्लिम समुदायले खेतमै बोराको कपडा ओछ्याएर अल्लाहसँग पानीको लागि विशेष इस्तिस्कास् नमाज (पानीको लागि प्रार्थना दुवा) सुरु गरेका छन्।
मस्जिद बाहिर खुलेआम जमातमा नमाज अदा गर्दै, उनीहरूले बिन्ती गरे — “हे खुदा! खेत सुख्दैछ, जनता तड्पिरहेछन्, कृपया पानी पठाइदेऊ।”

खडेरीले रोपाइँ प्रभावित

स्थानीय किसानहरू भन्छन्:“यो समयमा हामी धानको बिरुवा खेतमा रोपिरहेका हुन्थ्यौं, तर अहिले हामी मोटरबाट पानी तान्न बाध्य छौं, त्यो पनि धेरैलाई सम्भव छैन।”

 स्थानीय सरकार मौन,समस्या बढ्दो छ, तर अहिलेसम्म स्थानीय तह वा प्रदेश सरकारबाट कुनै विशेष राहत कार्यक्रम आएको छैन।

खेतमा हिलो छैन, धुलो उडेको छ
मोटरबाट बोरिङ गरेर पानी तानिँदैछ
मस्जिदमा र गाउँको खाली भएको खेलमा हात उठाएर प्रार्थना (दुवा) गरिरहेका मानिसहरूका अनुहारमा पीडा र आशा दुवै झल्किन्छ

सम्सी गाउँपालिका अहिले पानी माग्दै कराउँदैछ  आकाश खुल्ने आशमा खेत र जनता दुबै रोइरहेका छन्।