भारतीय SSB द्वारा ४८ घण्टे अल्टिमेटमपछि तनाव, सम्सी–कन्हवाँमा शंकर मन्दिर भत्काउने प्रयासको विरोध।
महोत्तरी, सम्सी–कन्हवाँ:
नेपाल,भारत सीमावर्ती क्षेत्र कन्हवाँ, सम्सी गाउँपालिकामा रहेको प्राचीन शंकर मन्दिर भत्काउने विषयमा तनाव उत्पन्न भएको छ। स्थानीयका अनुसार भारतीय SSB (सशस्त्र सीमा बल) ले बिना सूचना डोजर प्रयोग गरी मन्दिर हटाउने प्रयास गरेको आरोप लगाइएको छ।

सम्सी–कन्हवाँ बोर्डरस्थित ब्रह्मस्थानमा बसेको स्थानीय बैठकले स्पष्ट रूपमा सीमा छुट्याउन आग्रह गर्दै मन्दिरमा कुनै हस्तक्षेप नगर्न चेतावनी दिएको थियो। उक्त मन्दिरलाई स्थानीयले पुर्खाको चिनो र गहिरो धार्मिक आस्थाको केन्द्रका रूपमा लिँदै आएका छन्।

स्थानीय बासिन्दाले मन्दिर भत्काउने कुनै पनि प्रयास अस्वीकार्य हुने बताएका छन्। उनीहरूका अनुसार यो केवल धार्मिक विषय मात्र नभई सांस्कृतिक पहिचान र सम्पदासँग जोडिएको मुद्दा हो।

युवा नेता Rajesh Yadav ले चेतावनी दिँदै भने,
“यदि जबर्जस्ती मन्दिर भत्काउने प्रयास गरियो भने त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्नेछ।”

भारतीय SSB ले ४८ घण्टे अल्टिमेटम दिएको भनिएपछि स्थानीयले विरोध प्रदर्शन समेत सुरु गरेका छन्। उनीहरूले कूटनीतिक तथा कानुनी माध्यमबाट तत्काल समाधान खोज्न सरकारसँग माग गरेका छन्।
स्थानीयको भनाइ अनुसार,
“हामी शान्ति चाहन्छौं, तर अन्याय सहँदैनौं।”
