कतार रेड क्रिसेन्टको सहयोगमा एनआरएनए कतारद्वारा नेपाली मुस्लिम समुदायलाई खजुर वितरण गरिएको छ।

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा, कतार – पवित्र रमजान महिनाको अवसरमा कतारको प्रतिष्ठित परोपकारी संस्था Qatar Red Crescent द्वारा उपलब्ध गराइएको खाद्यान्न सामग्री खजुर गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको संयोजनमा नेपाली मुस्लिम समुदायमा वितरण गरिएको छ।

IMG-20260312-WA0024.jpg

उक्त सहयोगस्वरूप प्राप्त खजुर गैरआवासीय नेपाली संघ एनसीसी कतारका तृतीय उपाध्यक्ष जहागिर आलमको हातबाट राष्ट्रिय मुस्लिम परिषद नेपालका महासचिव तथा मन्सुरी एकता मञ्चका प्रतिनिधि अजाद मन्सुरीलाई हस्तान्तरण गरिएको हो।

IMG-20260313-WA0041.jpg

एनआरएनए कतारका अनुसार रमजान महिनाको अवसरमा प्राप्त उक्त खजुर आवश्यकता अनुसार कतारमा रहेका नेपाली मुस्लिम समुदायलाई वितरण गरिएको छ। मुस्लिम समुदायको पवित्र महिनामा सम्मान प्रकट गर्दै सामाजिक सद्भाव, सहयोग र भाइचाराको भावना प्रवर्द्धन गर्ने उद्देश्यले यो सहयोग कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।

IMG-20260313-WA0039.jpg

प्रवासी नेपाली मुस्लिम समुदायबीच आपसी सहयोग र एकताको भावना अझ मजबुत बनाउने विश्वासका साथ एनआरएनए कतारले यस्ता मानवीय तथा सामाजिक गतिविधिहरूलाई निरन्तरता दिँदै आएको छ।

IMG-20260313-WA0041.jpg

यस सम्बन्धमा महोत्तरी टुडे मिडियाका पत्रकार आशिक हुसैनलाई जानकारी दिइएको छ।

IMG-20260313-WA0036.jpgIMG-20260313-WA0035.jpg