कतारको नज्मामा नेपाली दाजुभाइद्वारा हार्डवेयर व्यवसाय सुरु
आशिक हुसैन शेख दोहा, कतार- कतारको नज्मा क्षेत्रमा शेख अहमद रेजा र शेख पियारे द्वारा संयुक्त लगानीमा Al-Mohammadia Trad. & Cont. Co. W.L.L. नामक हार्डवेयर व्यवसाय सुरु गरिएको छ। वैदेशिक रोजगारीसँगै उद्यमशीलताको क्षेत्रमा नेपालीको उपस्थिति थप मजबुत बनाउने विश्वास लिइएको यस पहलले नेपाली समुदायमा उत्साह जगाएको छ।

नज्मामा सञ्चालनमा आएको यस हार्डवेयर पसलबाट निर्माण तथा घरायसी प्रयोजनका प्रायः सबै प्रकारका सामग्री उपलब्ध गराइनेछ। पसलमा सिमेन्ट, बालुवा, गिटी, इँटा, सिमेन्ट ब्लक, स्टिल रड, काठ, प्लाइउड, सटरिङ सामग्री लगायतका निर्माण सामग्री बिक्री गरिँदै आएको छ।

त्यसैगरी पेन्ट तथा फिनिसिङ सामग्री अन्तर्गत विभिन्न ब्रान्डका इमल्सन, इनामेल र डिस्टेम्पर पेन्ट, प्राइमर, वाल पुट्टी, वार्निस, पेन्ट ब्रस, रोलर, स्प्रे गन तथा थिनर उपलब्ध छन्।
प्लम्बिङ सामग्री अन्तर्गत PVC, UPVC तथा GI पाइप, पाइप फिटिङ (एल्बो, टी, सॉकेट, क्याप), नल, भल्भ, पानी ट्यांकी, सिङ्क, कमोड, बाथरूम फिटिङ, पानी पम्प तथा मोटर बिक्री गरिन्छ।

यसैगरी इलेक्ट्रिकल सामग्री मा इलेक्ट्रिक वायर तथा केबल, स्विच, सकेट, एमसीबी, डिस्ट्रीब्युसन बोर्ड (DB), एलईडी बल्ब, ट्युबलाइट, फ्यान तथा एक्सटेन्सन बोर्ड उपलब्ध गराइनेछ। साथै किला, स्क्रु, बोल्ट–नट, हिन्ज, लकर, डोर ह्यान्डल, ग्रिल, एङ्गल, च्यानल, टाइल्स, मार्बल, ग्रेनाइट, टाइल एडहेसिभ तथा ग्राउट पनि पसलमा पाइन्छ।

व्यवसायमा औजार तथा उपकरण जस्तै हथौडा, प्लास, स्प्यानर, पेचकस, ड्रिल मेसिन, कटर, मेजर टेप, लेभल र वेल्डिङ मेसिनका साथै सेफ्टी सामग्री अन्तर्गत हेलमेट, सेफ्टी जुत्ता, ग्लोभ्स, मास्क, गगल्स र सेफ्टी बेल्ट पनि उपलब्ध छन्।

सञ्चालकहरूले Al-Mohammadia Trad. & Cont. Co. W.L.L. मार्फत गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउँदै नेपाली समुदायसँगै अन्य विभिन्न समुदायका ग्राहकलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको बताएका छन्। विदेशी भूमिमा श्रमिकका रूपमा मात्र सीमित नरही व्यवसायमार्फत आत्मनिर्भर बन्ने उद्देश्यसहित सुरु गरिएको यस पहललाई स्थानीय नेपाली समुदायले सकारात्मक रूपमा लिएको छ।


