मोरङ कारागारमा महिला कैदी मृत फेला
महोत्तरी टुडे
भाद्र ११ २०८२
मोरङ, भाद्र ११ – जिल्ला कारागार मोरङमा ३२ वर्षीया महिला कैदी राधिका भट्टराई (राधा) झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका–६ घर भएकी भट्टराई कारागारको शौचालयभित्र मृत भेटिएकी हुन्।
जेलर गौरव ढुंगेलका अनुसार, बुधबार बिहान ४:३० बजे उनको घाँटीमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो। घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार, प्रारम्भिक जाँचले बाहिरी हस्तक्षेपको कुनै संकेत नदेखाएको बताइएको छ। प्रहरीले थप प्रमाण सङ्कलन गरी प्रत्यक्षदर्शीहरूको बयान लिन थालेको छ।
कारागार प्रशासनले यस घटनाप्रति गम्भीर ध्यान दिँदै भविष्यमा यस्तो घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थामा कडाइ गर्ने जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
