लेखापढी कानुन व्यवसायी संघ गौशालामा तदर्थ समिति गठन, नयाँ कार्य समिति कार्तिक–मंसीरमा हुने
नरेन्द्र महतो, गौशाला
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन (भू–सेवा सञ्चालक) गौशालाले सेवाग्राहीलाई प्रदान गरिने सेवाका दररेट निर्धारण गरेको छ। संघका अध्यक्ष सत्यनारायण यादवका अनुसार विभिन्न सेवा शुल्क यसप्रकार तोकिएको छः
निवेदन दस्तुर – रु. ६००
रजिष्ट्रेसन दस्तुर – रु. २९००
दा. खा. नामसारी – रु. ३१००
अंशबण्डा, अंश भरपाई तथा दर्ता फाँटवारी – रु. ५२००
दृष्टिबन्धक – रु. २६०० (मुद्दा फाँटबाट मात्र रु. ११००)
संशोधन दस्तुर – रु. २६००
दृष्टिबन्धक फुकुवा – रु. १५००
ठाडो फुकुवा – रु. ११०० (पत्रबाट हुने)
घर कायम – रु. २१००
यससँगै संघले ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ।
तदर्थ समितिको नेतृत्वमा अध्यक्ष सत्यनारायण यादव रहेका छन् भने उपाध्यक्षमा रामजीवन यादव, सचिवमा विन्देश्वर कुमार महतो, कोषाध्यक्षमा विरेन्द्र यादव र सह–सचिवमा नसिब कुमार चौधरी चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा राम प्रताप यादव, अशोक कुमार झा, कमलेश कुमार यादव, शैलेन्द्र कुमार यादव, अरुण कुमार यादव र धर्मेन्द्र कुमार यादव रहेका छन्।
अध्यक्ष यादवका अनुसार तदर्थ समितिको कार्यकाल सकिन लागेकोले आउँदो कार्तिक–मंसीरमा नयाँ कार्य समितिको निर्वाचन सम्पन्न गरिनेछ।
