विजयनगर–६ बदौरमा क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु, स्थानीय खेलाडीमा उत्साह

महोत्तरी टुडे     

धर्मेन्द्र कुमार कुर्मी, कपिलवस्तुको विजयनगर गाउँपालिका–६, बदौरमा क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ। स्थानीय स्तरमा क्रिकेट खेलको विकास गर्ने, युवाहरूको खेल प्रतिभा उजागर गर्ने तथा खेलाडीहरूबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

received_3417550178405485.jpeg

प्रतियोगिताले स्थानीय युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदप्रति युवाहरूको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

प्रतियोगितामा सहभागी खेलाडी तथा टिमहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै खेलभावना र अनुशासन कायम राख्ने विश्वास गरिएको छ। स्थानीय खेलप्रेमीहरूमा समेत प्रतियोगिताले उत्साह थपेको छ।

प्रतियोगिताको सफल आयोजनाले बदौर क्षेत्रमा क्रिकेट खेलको विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।