सोनमा गाउँपालिकाको खेश्राहामा ११ सय कुमारी कन्याको सहभागितामा हाथी र घोरा सहित भव्य कलश यात्रा सम्पन्न

महोत्तरी टुडे     

D.K. यादव-सोनमा, असोज २५ गते।
महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ४ खेश्राहामा वडा दशैँ २०८३ को अवसरमा ११ सय कुमारी कन्याको सहभागितामा भव्य कलश यात्रा सम्पन्न भएको छ। धार्मिक आस्था, परम्परा र सांस्कृतिक उत्साहका साथ आयोजित उक्त कलश यात्रामा हात्ती–घोडासहित श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कलश यात्रामा सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादव, वडा नं. ४ का वडा अध्यक्ष मिठु रायलगायत जनप्रतिनिधि, स्थानीय अगुवा, समाजसेवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। खेश्राहाबाट सुरु भएको कलश यात्रा खैरबनी हुँदै पुनः खेश्राहा दुर्गा मन्दिरमा पुगेको थियो। धार्मिक विधिअनुसार दुर्गा मन्दिरमा कलश स्थापना तथा घटस्थापना गरिएको थियो।

WhatsApp Image 2026-10-11 at 7.11.27 PM.jpeg
११ सय कुमारी कन्याको सहभागितामा निकालिएको यस कलश यात्राले स्थानीय क्षेत्रमा दशैँको धार्मिक तथा सांस्कृतिक रौनक थपेको छ। हात्ती–घोडासहितको यात्राले स्थानीयवासी तथा श्रद्धालुहरूमा उत्साह बढाएको थियो।
विजयादशमीको पूर्वसन्ध्यामा आयोजना गरिएको यस धार्मिक कार्यक्रमले स्थानीय धार्मिक परम्पराको संरक्षण, सामाजिक सद्भाव र सामुदायिक एकतालाई थप बल पुर्‍याउने अपेक्षा गरिएको छ।
— D.K. यादव-सोनमा
महोत्तरी टुडे समाचारदाता, महोत्तरी