स्कूल भवन विवादमा सम्सी गाउँपालिका कार्यालयमा तालाबंदी

महोत्तरी टुडे     

सम्सी महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा रहेको श्री जनता माध्यमिक विद्यालय, सम्सी–७ को नवनिर्मित भवनलाई गाउँपालिकाको कार्यालयका रूपमा प्रयोग गर्न लागिएको भन्दै विरोध भएको छ। विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।

IMG-20260926-WA0373.jpg

सम्सी गाउँपालिकाले वडा नम्बर ७ मा रहेको श्री जनता माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनको तयारी गरिरहेको अवस्थामा उक्त भवन विद्यालय सञ्चालनका लागि प्रयोग नगरी गाउँपालिकाको कार्यालय सार्ने तयारी गरिएको भन्दै विरोध जनाइएको हो।

 

गाउँपालिकाले यसअघि जारी गरेको निमन्त्रणापत्रमा २०८३ असोज १० गते शनिबार दिउँसो २ बजे गाउँपालिकाको नयाँ भवन, सम्सीमा नवनिर्मित विद्यालय भवनको उद्घाटन कार्यक्रम आयोजना गर्ने उल्लेख गरेको थियो। यही विषयलाई लिएर स्थानीयस्तरमा असन्तुष्टि बढेको र विरोध प्रदर्शन गरिएको बताइएको छ।

 

विरोधमा सहभागी रास्वपाका कार्यकर्ताहरूले विद्यालयका लागि निर्माण गरिएको भवनलाई अन्य प्रयोजनमा प्रयोग गर्न नहुने बताएका छन्। उनीहरूले नवनिर्मित भवन विद्यालयकै शैक्षिक गतिविधि सञ्चालनका लागि प्रयोग हुनुपर्ने माग राख्दै गाउँपालिका कार्यालय अगाडि प्रदर्शन गरेका थिए।

 

प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर गाउँपालिका कार्यालय अगाडि विरोध जनाएका थिए। त्यसपछि गाउँपालिका कार्यालयको प्रवेशद्वारमा तालाबन्दी गरिएको हो।

 

विद्यालयका लागि निर्माण गरिएको नयाँ भवन अन्य प्रयोजनमा प्रयोग गर्न लागिएको विषयले स्थानीयस्तरमा समेत चासो बढाएको छ। प्रदर्शनमा सहभागीहरूले विद्यालयका विद्यार्थी तथा शिक्षकका लागि आवश्यक रहेको भवनलाई गाउँपालिकाको कार्यालयका रूपमा प्रयोग गर्न नहुने बताएका छन्।

 

तालाबन्दीका कारण गाउँपालिका कार्यालयको नियमित सेवा प्रवाहमा समेत असर पर्न सक्ने अवस्था देखिएको छ। यद्यपि, भवन प्रयोगसम्बन्धी गाउँपालिकाको आधिकारिक निर्णय, त्यसको कारण तथा कार्यालय सार्ने योजनाबारे गाउँपालिका नेतृत्वको विस्तृत धारणा सार्वजनिक हुन बाँकी छ।

गाउँ पालिका द्वारा भवन सार्ने सुचना तल छ

received_1535319461959749.jpeg