जन्माष्टमीको अवसरमा यादव सेवा समाज दोहामा नयाँ नेतृत्व, अध्यक्षमा शिवनाथ यादव

आशिक हुसैन शेख     

दोहा, कतार । श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर यादव सेवा समाज दोहा, कतारको नयाँ कार्यसमिति चयन गरिएको छ। समाजको नयाँ कार्यसमितिको अध्यक्षमा शिवनाथ यादव निर्वाचित हुनुभएको छ।

नयाँ कार्यसमिति चयन भएसँगै अध्यक्ष यादवसहित नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

received_1572234794449641.jpeg

नयाँ नेतृत्वले कतारमा रहेका यादव समुदायबीच एकता, आपसी सद्भाव, भाइचारा तथा सामाजिक सहकार्यलाई थप मजबुत बनाउँदै सामाजिक सेवा र समुदायका हितका विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

कार्यसमिति चयन भएको अवसरमा शुभेच्छुक तथा समुदायका अगुवाहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै समाजलाई अझ व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। सामाजिक सेवा, आपसी सहयोग तथा समुदायका विभिन्न गतिविधिलाई निरन्तरता दिँदै संस्थालाई थप सशक्त बनाउनुपर्ने धारणा समेत व्यक्त गरिएको छ।

received_1382544703464159.jpeg

अध्यक्षमा निर्वाचित शिवनाथ यादव लगायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले संस्थाको उद्देश्य र भावनाअनुसार एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नयाँ कार्यसमितिको सफल कार्यकालसँगै यादव सेवा समाज दोहाले कतारमा रहेका यादव समुदायबीच आपसी एकता, सहयोग र भाइचारा अभिवृद्धि गर्दै सामाजिक क्षेत्रमा थप महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

नयाँ कार्यसमिति

१. शिवनाथ यादव — अध्यक्ष

२. अर्जुन यादव — उपाध्यक्ष

३. सियाराम यादव — महासचिव

४. बिरेन्द्र यादव — सचिव

५. शेम्भु प्रसाद यादव — सचिव

६. विजय यादव — कोषाध्यक्ष

७. शिव कुमार यादव — सह–कोषाध्यक्ष

८. बालेश्वर यादव — युवा संयोजक

९. दीपक यादव — मिडिया को–अर्डिनेटर

१०. रवीन्द्र यादव — सदस्य

११. सूर्यनाथ यादव — सदस्य

१२. लोकेन यादव — सदस्य

१३. दिनेश अरगरिया — सदस्य

१४. पप्पु यादव — सदस्य

१५. राजेन्द्र प्रसाद यादव — सदस्य