बलवा–९ अधयनपुरका मुस्लिम समुदायद्वारा बाढीपीडितका लागि रु. ५१,७८६ राहत सहयोग
महोत्तरी टुडे डेस्क महोत्तरी- नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूको सहयोगका लागि बलवा नगरपालिका–९, अधयनपुरका मुस्लिम समुदायले रु. ५१ हजार ७८६ राहत सहयोग संकलन गरेका छन्।
विपद्को समयमा पीडित नेपालीहरूको साथमा उभिने उद्देश्यले स्थानीय मुस्लिम समुदायले गाउँका विभिन्न मुस्लिम टोलमा पुगेर राहत सहयोगका लागि आह्वान तथा जनचेतनामूलक अभियान सञ्चालन गरेका थिए। अभियानमा मस्जिदका इमाम तथा मौलानाहरू, मुस्लिम अगुवा, युवा र समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो।
अभियानमा हाफिज अरशद बरकाती, मौलाना मोहम्मद अली सकाफी, मौलाना अब्दुर्रहमान जामी लगायत मुस्लिम युवा तथा समाजसेवीहरू फुरकान शेख, ताहा अली खान, साहिल शेख, आबिद नदाफ, साहिल नदाफ, इरशाद शेख, मुन्ना शेख, अन्जार शेख, सुमैद नदाफ र सामी नदाफ लगायतको सक्रिय सहभागिता रहेको जनाइएको छ।
त्यसैगरी, मुस्लिम अगुवा तथा समाजसेवी नियाज शेख लगायतले समुदायका घर–घर तथा टोलमा पुगेर बाढीपीडितहरूको पीडालाई मध्यनजर गर्दै सक्दो सहयोग गर्न आग्रह गरेका थिए।
स्थानीय मुस्लिम समुदायले संकलन गरेको रु. ५१,७८६ सहयोग बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नेपालीहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास गरिएको छ।
विपद्को कठिन घडीमा गरिएको यस मानवीय सहयोगले धर्मभन्दा माथि मानवता, सामाजिक एकता र देशप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिएको सन्देश दिएको स्थानीयको भनाइ छ।
अभियानमा सहभागी मुस्लिम अगुवा, युवा, समाजसेवी तथा सहयोगी मनहरूप्रति स्थानीय समुदायले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विपद्मा परेका नागरिकको सहयोगका लागि एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“विपद्मा परेका नेपालीको साथमा उभिनु नै हाम्रो मानवीय जिम्मेवारी हो।
