पत्रकार धनबिर महतोलाई पितृशोक, लोकतान्त्रिक पत्रकार महासंघद्वारा दुःख व्यक्त

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क।

महोत्तरीका पत्रकार धनबिर महतोका पूज्यनीय बुवाको असामयिक निधन भएको छ। उहाँको निधनको दुःखद खबरले स्थानीय पत्रकारिता क्षेत्र र समाजलाई मर्माहत बनाएको छ।

 

 

यसैबीच, लोकतान्त्रिक पत्रकार महासंघका केन्द्रीय सदस्य धर्मेन्द्र कुमार यादवले एक शोक वक्तव्य जारी गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले यस दुःखद घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ।

 

केन्द्रीय सदस्य यादवले भन्नुभएको छ, "पत्रकार मित्र धनबिर महतोज्यूको पूज्यनीय बुवाको असामयिक निधनको खबरले अत्यन्तै स्तब्ध बनाएको छ। शोकको यस घडीमा शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गर्दछु।"

 

मृतकको अन्तिम संस्कार स्थानीय परम्परा अनुसार गरिने पारिवारिक स्रोतले जनाएको छ।