३ संघीय मन्त्री हटाउने तयारीमा बालेन
महोत्तरी टुडे
जेठ २२ २०८३
महोत्तरी टुडे डेस्क,
प्रधानमन्त्री बालेन्द्र शाहले कार्यसम्पादनमा खरो उत्रिन नसकेका संघीय मन्त्रीहरू हटाउन आन्तरिक गृहकार्य सुरु गरेका छन्। प्रधानमन्त्री शाहको सचिवालयका एक सदस्यका अनुसार कार्यसम्पादनमा खरो उत्रिन नसकेका तीन जना मन्त्री हटाउन लागिएको छ।
‘तीन जना मन्त्रीको कार्यसम्पादन प्रधानमन्त्रीज्यूलाई चित्त बुझेको छैन। बजेट पारित भएपछि तीन जना मन्त्रीको विकल्प खोज्ने मुडमा हुनुहुन्छ,’ प्रधानमन्त्रीको सचिवालयका ती सदस्यले भने, ‘परिणाममुखी काम गर्न नसक्ने मन्त्रीलाई नराख्ने भन्ने छ। काम गर्न नसक्नेलाई बिदा गर्ने कुरामा प्रधानमन्त्रीज्यू प्रस्ट हुनुहुन्छ।’
बालेन क्याबिनेटमा रहेका १४ जना मन्त्रीमध्ये स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी र उद्योगमन्त्री गौरीकुमारी यादवको पद धरापमा छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
