बकर ईदको अवसरमा नेपाल मुस्लिम शान्ति समाजको संस्था विस्तार कार्यक्रम सम्पन्न हुने।

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा, कतार — नेपाल मुस्लिम शान्ति समाज रौतहट शाखा, मधेश प्रदेश अन्तर्गत TEAM QATAR द्वारा इस्लाम धर्मावलम्बीहरूको पवित्र महान पर्व बकर ईद (EID UL ADHA) को पावन अवसरमा शुभकामना आदानप्रदान तथा संस्था विस्तार कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम आगामी २०८३ साल जेठ १३ गते बुधबार (27 May 2026) साँझ ५ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

 

कार्यक्रम कतारको सनैया प्लाजा मलस्थित स्थित She Kitchen Hotel को सभा हलमा सिनेमा हल नं. ०३ को नजिक आयोजना हुने बताइएको छ। कार्यक्रममा कतारमा रहेका नेपाली मुस्लिम समुदाय, समाजसेवी, बुद्धिजीवी, पत्रकार, युवा प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

 

नेपाल मुस्लिम शान्ति समाज नेपाल तथा विदेशमा रहेका नेपाली मुस्लिम समुदायबीच सामाजिक एकता, भाइचारा, शिक्षा, मानवीय सहयोग तथा शान्तिको सन्देश फैलाउने उद्देश्यका साथ सक्रिय रूपमा काम गर्दै आएको संस्था हो। संस्थाले नेपालमा समेत विभिन्न सामाजिक, शैक्षिक, धार्मिक तथा मानवीय अभियान सञ्चालन गर्दै आएको जनाएको छ। विपन्न तथा असहाय परिवारलाई सहयोग, धार्मिक तथा सामाजिक सचेतनामूलक कार्यक्रम, युवाहरूलाई सकारात्मक मार्गदर्शन तथा समाजमा सद्भाव कायम गर्न संस्थाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

 

त्यसैगरी, प्राकृतिक विपद्, सामाजिक समस्या तथा आपतकालीन परिस्थितिमा आवश्यक सहयोग पुर्‍याउने कार्यमा पनि संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सहभागीहरूले बताएका छन्। नेपाल तथा विदेशमा रहेका नेपाली मुस्लिम समुदायलाई एकताबद्ध गर्दै सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले संस्था निरन्तर सक्रिय रहेको जनाइएको छ।

 

आयोजकका अनुसार यस कार्यक्रममार्फत संस्थाको संगठन विस्तार, नयाँ सदस्यता वितरण, आपसी सम्बन्ध सुदृढीकरण तथा समुदायबीच सहकार्य र सद्भाव अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। साथै, बकर ईदको अवसरमा आपसी प्रेम, सद्भाव, सहिष्णुता तथा शान्तिको सन्देश फैलाउने उद्देश्य पनि कार्यक्रमको मुख्य आकर्षण रहने बताइएको छ।

 

नेपाल मुस्लिम शान्ति समाजले बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदाय तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र भाइचाराको हार्दिक शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थितिका लागि सबैलाई हार्दिक निमन्त्रणा समेत दिएको छ।

 

कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आयोजकले सम्पर्क नम्बर +97431519888 उपलब्ध गराएको छ।