महोत्तरी क्षेत्र नं. २ का सांसद साहले नागरिकलाई विकास अभियानमा सहभागी हुन आह्वान गरेका छन्।
आशिक हुसैन शेख- सांसद दिपक कुमार साहले सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल जारी गर्दै समृद्ध, विकसित र अवसरले भरिएको महोत्तरी निर्माणका लागि सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताएका हुन्।
उनले नागरिकहरूको अनुभव, सुझाव, विचार र क्षमतालाई समेट्ने उद्देश्यले Google Form तयार गरिएको जानकारी दिएका छन्। उक्त फारममार्फत स्थानीय तहमा पार्टी सुदृढीकरण, संगठन निर्माण, नीति निर्माणमा सहयोग तथा अन्य विभिन्न क्षेत्रमा योगदान गर्न इच्छुक व्यक्तिहरूले आफ्नो विवरणसहित सहभागिता जनाउन सक्ने उल्लेख गरिएको छ।
सांसद साहले सबै राजनीतिक आस्था र पृष्ठभूमिका नागरिकलाई विकास अभियानमा हातेमालो गर्न आग्रह गर्दै महोत्तरी क्षेत्र नं. २ को समग्र विकासका लागि एकजुट हुनुपर्ने बताएका छन्।
उनले “तपाईंहरूको सानो प्रतिबद्धताले ठूलो परिवर्तन सम्भव छ” भन्दै अभियानमा सहभागी हुन अनुरोध गरेका छन्।
Link:https://forms.gle/9dyHAckPNtcufHqP6
