अवतरणकै क्रममा टर्किस एयरलाइन्सको विमानमा आगलागी, यात्रु आकस्मिक ढोकाबाट उद्धार

महोत्तरी टुडे     

काठमाडौं- इस्तान्बुलबाट आएको Turkish Airlines को एक विमान अवतरणका क्रममा अचानक आगलागी भएपछि यात्रुहरूलाई आकस्मिक ढोकामार्फत सुरक्षित रूपमा बाहिर निकालिएको छ।

 

घटना अवतरण गर्ने क्रममा भएको बताइएको छ। विमानबाट धुवाँ र आगो देखिएपछि विमानस्थलमा केही समय त्रासपूर्ण अवस्था सिर्जना भएको थियो। त्यसपछि विमानस्थलको आपत्कालीन उद्धार टोली तत्काल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिनुका साथै यात्रुहरूको उद्धार गरेको थियो।

 

प्रत्यक्षदर्शीहरूका अनुसार यात्रुहरूलाई स्लाइड प्रयोग गरेर आकस्मिक रूपमा बाहिर निकालिएको थियो। प्रारम्भिक अनुमानअनुसार प्राविधिक समस्या वा ल्यान्डिङ गियरमा आएको खराबीका कारण आगलागी भएको हुन सक्ने बताइएको छ।

 

घटनामा मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन। सम्बन्धित निकायले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।