सिरहाको सीमाक्षेत्रबाट मोटरसाइकलसहित अवैध सामान बरामद।
महोत्तरी टुडे
बैशाख १५ २०८३
सिरहा- नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले करिब ३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सिरहा नगरपालिका–१७ पटेर्वा नजिकै सीमा सुरक्षा गुल्म माडरबाट खटिएको टोलीले दुवै दिशातर्फ (नेपाल–भारत) ओसारपसार भइरहेका सामान नियन्त्रणमा लिएको हो।
बरामद सामग्रीमा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको नेपाली नम्बरको मोटरसाइकल, २० हजार बराबरको मदिरा र २५ हजार २८५ रुपैयाँ बराबरका विभिन्न पेय पदार्थ रहेका छन्।
सशस्त्र प्रहरीका एसपी सुमनजंग थापाका अनुसार ती सामान आवश्यक प्रक्रिया पूरा गरेर भन्सार कार्यालयमा बुझाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
