कतारमा भोलिदेखि भारी वर्षा र चट्याङ्गको सम्भावना।
आशिक हुसैन शेख
चैत्र ११ २०८२
आशिक हुसैन शेख दोहा, कतार – कतार मौसम विज्ञान विभागले भोलि, मार्च 26 देखि देशभर भारी वर्षा र चट्याङ्गको सम्भावना रहेको चेतावनी जारी गरेको छ। मौसममा अस्थिरताका कारण आकाश प्रायः बादलले ढाकिने र कहीं-कहीं तेज हावाहुरी र शिलाका साथ वर्षा हुने अनुमान गरिएको छ।
विभागका अनुसार, विशेषगरी खुला क्षेत्रमा जनजीवन प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ। सडकमा कम दृश्यता, हावाको तीव्रता र कहिलेकाहीँ शिलाको खतरा रहने बताइएको छ।
सरकारी विभागले नागरिकहरुलाई छाता वा वाटरसप्रूफ कपडा प्रयोग गर्ने, वर्षा र हावाबाट सुरक्षित स्थानमा रहन र सडकमा ड्राइभ गर्दा सतर्क रहन सल्लाह दिएको छ।
यो मौसम घटनाले कतारमा दैनिक जीवन र यातायातमा असुविधा ल्याउन सक्छ, त्यसैले अग्रिम तयारी आवश्यक रहेको मौसम विभागले जनाएको छ।
स्रोत: The Peninsula Qatar
फेसबुकबाट तपाईको प्रतिक्रिया
