कप्तान सावित्रा भण्डारी (साम्बा) को उपचार KMC द्वारा निःशुल्क गर्ने घोषणा

आशिक हुसैन शेख     

काठमाडौं। नेपाली महिला फुटबल टोलीकी प्रभावशाली कप्तान Sabitra Bhandari (साम्बा) को उपचार Kathmandu Medical College Public Limited (KMC) ले निःशुल्क गर्ने घोषणा गरेको छ।

अस्पतालले जारी गरेको जानकारीअनुसार राष्ट्रका लागि महत्त्वपूर्ण योगदान दिँदै आएकी कप्तान साम्बाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै नेपालमै हुने सम्पूर्ण उपचार बिना शुल्क उपलब्ध गराइनेछ।

मैदानमा उत्कृष्ट प्रदर्शनमार्फत नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल साम्बाको स्वास्थ्य उपचार उच्चस्तरीय उपकरण र विशेषज्ञ चिकित्सकको निगरानीमा सञ्चालन गरिने अस्पतालले जनाएको छ।

अस्पताल प्रशासनले खेलाडीहरू राष्ट्रका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त निर्णय गरिएको स्पष्ट पारेको छ। यस घोषणाले खेलकुद क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै राष्ट्रिय खेलाडीप्रति सम्मान र प्रतिबद्धताको उदाहरण प्रस्तुत गरेको छ।

FB_IMG_1771866927333.jpg