घरदैलो अभियानमा सरत सिंह भण्डारीको तीव्र सक्रियता, जनताबाट पुनः जिताउने प्रतिबद्धता

महोत्तरी टुडे     

महोत्तरी टुडे फाल्गुन ८, महोत्तरी — सरत सिंह भण्डारी प्रतिनिधि सभाको आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै यतिबेला घरदैलो अभियानमा अत्यन्त व्यस्त देखिएका छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट महोत्तरी क्षेत्र नं. २ का उम्मेदवार रहेका भण्डारीले चुनावी अभियानलाई तीव्र बनाएका हुन्।

Messenger_creation_359B7AA6-9838-4E0F-80A5-B8620AAABFD1.jpeg

भण्डारीले दैनिक बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म निरन्तर रूपमा ४ देखि ५ वटा वडामा घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएका छन्। घरदैलो अभियानका क्रममा उनी गाउँ–टोल, बस्ती तथा चोक–चौतारोमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। स्थानीय बासिन्दाका समस्या, गुनासा र सुझाव सुन्दै उनले विकास निर्माण, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार, कृषि प्रवर्द्धन, रोजगारी सिर्जना, सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आफ्ना योजनाहरू प्रस्तुत गरेका छन्।

Messenger_creation_A711145A-D844-46CB-A353-7981DF29E4A6.jpeg

घरदैलो कार्यक्रममा हजारौं समर्थक, पार्टी कार्यकर्ता तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति देखिएको छ। गाउँ–गाउँमा उत्साहजनक सहभागितासहित नारा–जुलुस, स्वागत तथा भेटघाट कार्यक्रमहरू भइरहेका छन्। मतदातासँगको भेटमा धेरैजसो स्थानीयले भण्डारीलाई पुनः विजयी गराउने आश्वासन दिएका छन्। केही स्थानमा स्थानीयवासीले आफ्नो क्षेत्रको विकासलाई निरन्तरता दिन भण्डारीकै आवश्यकता रहेको बताएका छन्।

Messenger_creation_AA5E81E4-3C76-4AD3-8095-9F712F44F291.jpeg

भण्डारीले घरदैलोका क्रममा विगतमा आफूले गरेका विकास कार्यहरू स्मरण गराउँदै अधुरा योजनाहरू पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै क्षेत्रको समग्र विकासका लागि निरन्तर काम गर्ने बताएका छन्।

Messenger_creation_3E51D895-CF7A-4061-9535-FBB3D2098096.jpeg

निर्वाचन नजिकिँदै जाँदा महोत्तरी क्षेत्र नं. २ मा चुनावी माहोल झन् तातेको छ। विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले पनि आफ्नो अभियान तीव्र बनाइरहेका छन्। यसैबीच, भण्डारीको सक्रिय घरदैलो अभियानले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

Messenger_creation_CAA69CC1-B631-4CE7-8C07-12D868134716.jpeg