साउदी अरबमा रमजानको चन्द्रमा देखियो, बुधबारदेखि रोजा सुरु

महोत्तरी टुडे     

साउदी अरबमा मंगलबार रमजान महिनाको चन्द्रमा देखिएको औपचारिक घोषणा गरेको छ। चन्द्रमा देखिएसँगै पवित्र रमजान महिनाको पहिलो दिन बुधबार, फेब्रुअरी १८, २०२६ बाट सुरु हुने पुष्टि गरिएको हो।

साउदी अरबको घोषणासँगै खाडी क्षेत्रका अन्य मुलुकहरू—Qatar, United Arab Emirates, Kuwait र Bahrain लगायत—मा पनि बुधबारदेखि रोजा सुरु हुने अपेक्षा गरिएको छ।

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान चन्द्र पात्रो (हिजरी क्यालेन्डर) अनुसार निर्धारण हुने भएकाले चन्द्रदर्शनको आधारमा विभिन्न देशमा रोजा सुरु हुने मिति फरक पर्न सक्छ। प्रायः खाडी मुलुकहरूमा नेपालभन्दा एक दिन अगाडि रमजान सुरु हुने परम्परा रहेको छ भने नेपालमा चन्द्रदर्शन पुष्टि भएपछि सामान्यतया एक दिनपछि रोजा प्रारम्भ हुने गर्दछ।

रमजान महिना आत्मसंयम, त्याग, धैर्यता, करुणा र परोपकारको प्रतीक मानिन्छ। यस अवधिमा मुस्लिम समुदायले सूर्योदयदेखि सूर्यास्तसम्म उपवास (रोजा) बस्ने, नमाज अदा गर्ने तथा इबादतमा विशेष ध्यान दिने गर्दछन्।