विश्वकर्मा समाज कतारद्वारा वनभोज तथा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न

महोत्तरी टुडे     

दोहा, कतार – विश्वकर्मा समाज कतारको आयोजनामा सम्पन्न भएको रमाइलो वनभोज तथा भेटघाट कार्यक्रम उत्साहपूर्ण र भव्य रूपमा सम्पन्न भएको छ।

IMG-20260213-WA0138.jpg

समाजका अध्यक्ष दिपक विश्वकर्माको सभापतित्व तथा दलित एकता संजाल कतारका अध्यक्ष प्रकाश विश्वकर्माको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कतारमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, कलाकार, पत्रकार तथा दोहामा बसोबास गर्ने नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम समाल रोडस्थित ६६ नम्बर ब्रिज नजिकैको मजरामा आयोजना गरिएको हो।

IMG-20260213-WA0142.jpg

दिउँसो करिब २ बजे व्यानर अनावरण र राष्ट्रिय गानसँगै औपचारिक रूपमा सुरु गरिएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष पिताम्बर विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए। नृत्याङ्गना अस्मिता विश्वकर्माले “हामी नेपाली हाम्रो नेपाल” बोलको देशभक्ति गीतमा स्वागत नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएकी थिइन्।

IMG-20260213-WA0105.jpg

कार्यक्रमलाई भाषणरहित र पूर्ण रूपमा सांगीतिक बनाइएको थियो। समुदायभित्रकै कलाकारहरू रेश्मी सेन्चुरी, बाबु कौशल, अनिता परियार, सोम विश्वकर्मा, अनिता सोनी, पुकार थापा, कृष्ण दर्लामी, देव विश्वकर्मा, सन्तोष विश्वकर्मा र राजन परियारलगायतले गायन तथा नृत्य प्रस्तुतिमार्फत दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए।

IMG-20260213-WA0116.jpg

कार्यक्रमको मध्यभागमा दर्शकहरूको सहभागिता बढाउन क्युज प्रतियोगिता तथा दलित आपतकालीन कोष स्थापनार्थ भाग्यशाली चिट्ठा कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उक्त चिट्ठाको पहिलो पुरस्कार दिपक नेपालीले हात पारेका थिए। कलाकार तथा पत्रकार सम्मान कार्यक्रम समय अभावका कारण सम्पन्न हुन नसके पनि निकट भविष्यमा छुट्टै कार्यक्रम गरी सम्मान गरिने आयोजक समितिले जनाएको छ।

IMG-20260213-WA0102.jpg

कार्यक्रममा प्रमुख अतिथि प्रकाश विश्वकर्माले दलित समुदायभित्रको आन्तरिक विभेद अन्त्य गरी आपसी एकता र सहकार्यका साथ अघि बढ्न सके मात्र समुदायले लक्ष्य हासिल गर्न सक्ने धारणा व्यक्त गरे। उनले समुदायभित्र रहेका सामाजिक अभियन्ता, कलाकार, पत्रकार र व्यवसायीहरू एकजुट भई सशक्त आवाज उठाउनुपर्नेमा जोड दिए।

IMG-20260213-WA0132.jpg

समाजका महासचिव दिपक कुमार वि.क.ले सहजीकरण गरेको कार्यक्रमको अन्त्यमा सभापति दिपक विश्वकर्माले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कार्यसमिति, दाता, कलाकार, मिडियाकर्मी तथा उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रम संयोजक डोरेन्द्र विश्वकर्माले कार्यक्रम सम्बन्धी थप जानकारी दिएका थिए।

IMG-20260213-WA0113.jpgIMG-20260213-WA0118.jpgIMG-20260213-WA0131.jpgIMG-20260213-WA0121.jpgIMG-20260213-WA0115.jpg