मधेश प्रदेश समन्वय परिषद कतारको दोस्रो अधिवेशन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न हुने तयारी

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा, कतार- मधेश प्रदेश समन्वय परिषद कतारले आयोजना गर्न लागेको दोस्रो अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम २०२६ को कार्यक्रमस्थल तय गरिएको छ। परिषदका अनुसार उक्त कार्यक्रममा सञ्चालन हुनेछ। अधिवेशनसँगै आयोजना गरिने (फिरिज अब्दुल अजीज) घरवा रेस्टुरेन्टको सभा हल मा आयोजना हुने भएको छ।

कार्यक्रम जनवरी २३, २०२६ (माघ ९, २०८२) शुक्रबार का दिन दिउँसो १२ः३० बजेबाट सुरु हुनेछ। अधिवेशन तथा सांस्कृतिक कार्यक्रमको उद्देश्य मधेश प्रदेशसँग सम्बन्धित विभिन्न जिल्ला, समुदाय र संस्थाबीच आपसी समन्वय, एकता तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउनु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा मधेश प्रदेशको मौलिक संस्कृति झल्काउने नृत्य, गीत तथा विविध सांस्कृतिक प्रस्तुति रहनेछन्। साथै चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने जनाइएको छ, जसले प्रवासी नेपाली समुदायबीच आपसी सद्भाव र भाइचारालाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।

अधिवेशनका क्रममा परिषदको सांगठनिक समीक्षा, आगामी कार्ययोजना तथा नेतृत्वसम्बन्धी विषयमा छलफल गरिनेछ। मधेश प्रदेश समन्वय परिषद कतारले कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन आग्रह गरेको छ।

अधिवेशनका क्रममा परिषदको सांगठनिक समीक्षा, आगामी कार्ययोजना तथा नयाँ कार्यसमितिको चयन सम्बन्धी विषयमा विस्तृत छलफल गरिनेछ। मधेश प्रदेश समन्वय परिषद कतारले कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई अधिवेशन तथा सांस्कृतिक कार्यक्रमलाई भव्य र सफल बनाउन हार्दिक आग्रह गरेको छ।