निर्वाचन आयोगको मान्यतापछि नेपाली कांग्रेस विशेष महाधिवेशनप्रति उत्साह

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा कतार।

कतारमा रहेका काङ्ग्रेस कार्यकर्तामा खुसीयाली

निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई औपचारिक रूपमा मान्यता दिएपछि पार्टीभित्र तथा विदेशमा रहेका काङ्ग्रेस कार्यकर्ताहरूबीच उत्साहको वातावरण देखिएको छ। आयोगको निर्णयपछि कतारमा रहेका काङ्ग्रेस कार्यकर्ताहरूले खुसी व्यक्त गर्दै आपसमा शुभकामना आदान–प्रदान गरेका छन्।

IMG-20260116-WA0169.jpg

कतारमा भेला भएका काङ्ग्रेस कार्यकर्ताहरूले निर्वाचन आयोगको निर्णयलाई पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। उनीहरूका अनुसार विशेष महाधिवेशनले पार्टीको संगठनात्मक संरचना मजबुत बनाउँदै आगामी राजनीतिक गतिविधिलाई स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ।

IMG-20260116-WA0171.jpg

खुसीयालीका क्रममा सहभागीहरूले आपसमा मिठाई बाँड्नुका साथै पार्टीप्रतिको प्रतिबद्धता दोहोर्‍याएका थिए। उनीहरूले विशेष महाधिवेशनको मान्यताले पार्टीभित्र देखिएको अन्योलता हट्न सहयोग पुग्ने र संगठनात्मक एकता थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

IMG-20260116-WA0168.jpg

कार्यकर्ताहरूले निर्वाचन आयोगको निर्णय निष्पक्ष र संवैधानिक प्रक्रिया अनुरूप आएको भन्दै यसको स्वागत गरेका छन्। उनीहरूका अनुसार यस निर्णयले नेपाली कांग्रेसलाई थप संस्थागत, लोकतान्त्रिक र जनमुखी बनाउने दिशामा सकारात्मक भूमिका खेल्नेछ।

InShot_20260116_194752186.jpg

कतारमा रहेका काङ्ग्रेस कार्यकर्ताहरूले विशेष महाधिवेशनलाई सफल बनाउन विदेशमा रहे पनि पार्टीसँग निरन्तर सहकार्य र समर्थन रहने प्रतिबद्धता जनाएका छन्। साथै, उनीहरूले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र पार्टीको सुदृढीकरणमा विशेष महाधिवेशनले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन्।