एमालेको निर्वाचन : आज अपरान्हबाट विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु

महोत्तरी टुडे     

काठमाडौं : एमालेको ११ औं राष्ट्रिय महाधिवेशअन्तर्गत आज मतदान हुँदैछ। विद्युतीय भोटिङ मेसिनबाट आज अपरान्हबाट मतदान हुने निर्वाचन आयोगले जनाएको छ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले महाधिवेशनमा १०० वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने जानकारी दिए। 

image_search_1765860149399.jpg

निर्वाचन आयोगले उपलब्ध गराएको सबै नाम डिजिटल प्रणालीमा कोडिङ गर्न समय लाग्ने भएकाले निर्वाचन आयोगको पूर्वतालिका अनुसार नहुने भएको हो। विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको नामावली तयार पार्नुपर्ने भएकाले पूर्वनिर्धारित समयभन्दा ढिलो मतदान हुने प्राविधिकहरुको भनाई छ।

 

अन्तिम नामावली रातिमात्र पाएकाले अहिले फोटो मिलाउने काम भइरहेको र मतदान सुरु हुन झण्डै ४ बज्ने प्राविधिक टीमले आयोगलाई जानकारी गराएको छ।

महाधिवेशनमा २ हजार २६३ प्रतिनिधि सहभागी छन्। महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मैदान आएका छन्। ओली र पोखरेल आगामी अध्यक्षको लागि उम्मेदवार दर्ता गरेका छन्। रासस