सिरहा सेवा समाज कतारद्वारा १९ औँ वार्षिकोत्सवमा बृहत् रक्तदान, ४२ जनाको सहभागिता

महोत्तरी टुडे     

दोहा, कतार — सिरहा सेवा समाज कतारको आयोजनामा भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाजले आफ्नो स्थापना दिवसको १९औँ वार्षिकोत्सवको विशेष अवसरमा पहिलोपटक आयोजना गरेको यस रक्तदान कार्यक्रममार्फत कुल ४२ जनाले रक्तदान गरेका छन्।

IMG-20251212-WA0182.jpg

कार्यक्रमलाई सफल बनाउँदै मानवीय सेवाको भावनासहित रक्तदानमा सहभागी हुने सबैप्रति समाजका अध्यक्ष जयप्रकाश यादवले विशेष धन्यवाद व्यक्त गरे। उनले रक्तदानलाई “मूल्यवान् मानवीय योगदान” का रूपमा व्याख्या गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक–परोपकारी कार्यलाई निरन्तरता दिन समाज प्रतिबद्ध रहेको बताए।

IMG-20251212-WA0160.jpg

रक्तदान कार्यक्रम दोहास्थित हमाद अस्पतालको ब्लड डोनेसन सेन्टरमा शुक्रबार सम्पन्न भएको थियो। कार्यक्रममा कतारमा क्रियाशील विभिन्न संघ–संस्था तथा समुदायका प्रमुख, प्रतिनिधि, पत्रकारसहित नेपाली समुदायको उल्लेख्य उपस्थिति देखिएको थियो।

IMG-20251212-WA0189.jpg

सिरहा सेवा समाज कतारले रक्तदातालाई प्रशंसा पत्र तथा सम्मान प्रदान गर्दै उनीहरूको योगदानलाई कदर गरेको थियो। कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गरिएको थियो, जहाँ सहभागीहरूले व्यवस्थित रूपमा स्वास्थ्य परीक्षण गरेर रक्तदान गरेका थिए।

IMG-20251212-WA0185.jpg

समाजले यस किसिमका कार्यक्रमहरूले विदेशमा रहेका नेपालीबीच एकता, सहयोग र मानवीय सेवाको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ।

IMG-20251212-WA0194.jpg