गण्डकी प्रदेश परिषद् कतारको ९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

महोत्तरी टुडे     

दोहा, कतार । गण्डकी प्रदेश समन्वय परिषद् कतारले आफ्नो नवौँ स्थापना दिवस विविध कार्यक्रमसहित भव्य र सभ्य वातावरणमा मनाएको छ। शुक्रबार दोहाको फूलबारी रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशबाट कतारमा रहेर विभिन्न पेशा–व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई एकै छानामुनि भेला गराउँदै स्नेह मिलन तथा सम्मान समारोह सम्पन्न गरिएको हो।

InShot_20251206_162504824.jpg

कार्यक्रमको सभाध्यक्ष परिषद्का अध्यक्ष नन्दलाल विक (अजय) रहेका थिए। कतारका प्रख्यात व्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व राज रेग्मी प्रमुख अतिथिको रूपमा सहभागी थिए। कार्यक्रमका सहजकर्ता एवं परिषद्का महासचिव मनप्रसाद राना मगरले प्रदेश मातहतका व्यवसायीहरूको तथ्याङ्क अपूर्ण रहेको उल्लेख गर्दै बाँकी व्यवसायीहरूलाई आउँदो दिनमा परिषद्को सम्पर्कमा आउन आग्रह गरे।

InShot_20251206_162541442.jpg

समारोहमा गण्डकी प्रदेशका ४२ जना व्यवसायीहरूलाई ढाका टोपी, दोसल्ला र मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो। परिषद्का वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोशन अर्यालले स्वागत मन्तव्य दिँदै व्यवसायीहरूको योगदानले प्रदेश र समग्र नेपाली समुदायको पहिचान उचो रहेको बताए।

विभिन्न संघसंस्थाका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूको उल्लेख्य उपस्थितिमा कार्यक्रममा अनेक वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए।

InShot_20251206_162626506.jpg

वक्ताहरूले कतारमा बसेर व्यवसाय गर्दै आएका गण्डकी प्रदेशका उद्यमशील व्यक्तिहरूलाई सम्मान गर्नु सकारात्मक सुरुवात भएको भन्दै प्रशंसा गरे।

जहाँ व्यवसायीलाई सम्मान र सहजता हुन्छ, त्यहीँ देशको प्रगति तेज हुन्छ,” भन्ने धारणा धेरै वक्ताहरूले राखे।

InShot_20251206_162728755.jpg

प्रमुख अतिथि राज रेग्मीले परिषद्ले पृथक र उपयोगी कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै यस प्रकारका गतिविधिले समुदायमा एकता र व्यवसायिक विकास दुवैलाई प्रेरणा दिन्छ भन्दै प्रशंसा गरे।

उनले भविष्यमा गण्डकी प्रदेश समन्वय परिषद्ले इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गरी लगानी–उन्मुख कार्यक्रम सुरू गर्न सके अभूतपूर्व पहिचान बनाउने विश्वास व्यक्त गरे।

InShot_20251206_162811719.jpg

उनका अनुसार हाल नेपालमा गण्डकी प्रदेशभित्र विभिन्न महत्वपूर्ण परियोजनाहरू सञ्चालनमा रहेका छन्, जसमा कतारस्थित व्यवसायीहरूले पनि लगानी गर्न सकिने सम्भावना छ।

रेग्मीलाई पनि दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको थियो।

InShot_20251206_162647542.jpg

साँस्कृतिक प्रस्तुति: गायिका र नृत्याङ्गनाले जमाए रंग स्थापना दिवसको आकर्षणमध्ये एउटा आकर्षक पक्ष सांस्कृतिक कार्यक्रम पनि रह्यो।

गायिका तारा विसी, नृत्याङ्गना अनिता परियार र गिरीमाया थापाले प्रस्तुत गरेका नृत्य र गायनले सभाहल माहोल उत्साहित भएको थियो।

कार्यक्रमको समापन मन्तव्य दिँदै सभाध्यक्ष नन्दलाल विक (अजय)ले पहिलोपटक व्यवसायीहरूको विवरण संकलन र सम्मान कार्यक्रम सुरु गर्दा केही व्यवसायी छुट्न पुगेको भए पनि छिट्टै सबैलाई समेटिने बताए।

InShot_20251206_162858691.jpg

उनले कतारमा रहेका व्यवसायीहरूले नेपालमा पनि लगानी गर्न सके “प्रवासको अनुभूति नेपालमै” हुने र सम्बन्ध, भाइचारा तथा विकासगत योगदान बढ्ने विश्वास व्यक्त गरे।

विकले स्थापना कालदेखि हालसम्म परिषद्को यात्रामा साथ दिने सबैमा धन्यवाद व्यक्त गरे।

InShot_20251206_162833089.jpg

चिठ्ठा कार्यक्रम: १० ग्राम सुनदेखि ल्यापटप–घडीसम्मका उपहार

कार्यक्रमसँगै परिषद्ले सञ्चालन गरेको चिठ्ठा कार्यक्रमको नतिजा समेत सार्वजनिक गरिएको छ।प्रथम पुरस्कार (१० ग्राम सुन) – चिठ्ठा नं. २८८०, विजेता: अन्विन्ता राना

द्वितीय पुरस्कार (ल्यापटप) – चिठ्ठा नं. २२२२, विजेता: सन्तोष क्षेत्री, अध्यक्ष, पर्वत समाज कतार

तेस्रो पुरस्कार (स्मार्ट घडी) – चिठ्ठा नं. १५३६

यस बाहेक ७ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ।

सान्त्वना विजेताहरूका चिठ्ठा नम्बर: १९६४, २३८२, १६९, ५२३, १७८४, १७४, १४९४

विजेताहरूले अर्धकट्टीसहित १५ दिनभित्र परिषद्को सम्पर्कमा आउनु पर्ने जानकारी दिइएको छ।

InShot_20251206_163000204.jpg