दोहामा बागलुङ सेवा समाजद्वारा २१ नोभेम्बरमा बृहत् रक्तदान कार्यक्रम
दोहा, कतार — बागलुङ सेवा समाज दोहा कतार र बागलुङ सेवा समाज कतार अक्षयकोषको संयुक्त आयोजनामा एक बृहत् रक्तदान कार्यक्रम आगामी २१ नोभेम्बर २०२५, बिहान ८:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म, हमाद मेडिकल ब्लड डोनर सेन्टरमा हुने भएको छ।
"रक्तदान जीवनदान, जीवनदान महादान" भन्ने मूल मन्तव्यलाई आत्मसात् गर्दै आयोजित यस कार्यक्रमलाई सफल पार्न कतारमा रहेका संघ–संस्था प्रमुखहरू, सामाजिक अभियन्ता, पत्रकार, कलाकार तथा नेपाली समुदायका सम्पूर्ण महानुभावहरूलाई आयोजक संस्थाले सहभागिताको लागि विशेष आग्रह गरेको छ।
आयोजकले यस मानवीय तथा परोपकारी अभियानमा समुदायको सक्रिय उपस्थिति र उत्साहले थप सकारात्मक उर्जा प्रवाह हुने विश्वास व्यक्त गरेको छ।
रक्तदाता ले अनिवार्य पालना गर्नुपर्ने मापदण्डहरू
१) रक्तदानका लागि कतारी आईडी, लाइसेन्स वा हेल्थ कार्ड अनिवार्य प्रस्तुत गर्नुपर्ने।
२) रक्तदाताले कतार प्रवेश गरेको ४ महिना पूरा भएको हुनुपर्ने।
३) पहिले रक्तदान गरेका व्यक्तिले कम्तीमा ६० दिन पूरा भएको हुनुपर्ने।
४) रक्तदाताले कम्तीमा ८ घन्टा पर्याप्त निद्रा लिएको, एन्टिबायोटिक औषधि सेवन नगरिएको तथा २४ घन्टाभित्र मदिरा सेवन नगरेको हुनुपर्ने।
५) उमेर १८ देखि ६५ वर्ष र तौल कम्तीमा ५० केजी हुनुपर्ने।
६) रक्तचाप तथा अन्य स्वास्थ्य मापदण्डहरू रक्त संकलन टोलीमा खटिएका स्वास्थ्यकर्मीले मूल्याङ्कन गर्नेछन्।
आयोजक संस्थाले सबैलाई यो मानव सेवालाई सफल बनाउन आग्रह गर्दै, रक्तदानले कसैको जीवन बचाउन सक्ने भएकाले समुदायको सक्रियर सहभागिता अपेक्षा गरिएको बताएको छ।
अनुरोधकर्ता:
बागलुङ सेवा समाज कतार सम्पूर्ण परिवार
