मधेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरे पदमुक्त

महोत्तरी टुडे     

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार संघीय सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सुवेदीलाई प्रदेश प्रमुख पदबाट मुक्त गरेका हुन्।

उक्त निर्णय सोमबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा भएको बताइएको छ।

सुवेदी भण्डारीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

सरकार परिवर्तनसँगै हालका मन्त्रीपरिषद्को सिफारिसमा नयाँ प्रदेश प्रमुख नियुक्ति प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।