भारतको बिहारमा आज दोस्रो चरणको मतदान, नेपाल–भारत सीमा नाका बन्द

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क- भारतको बिहार राज्यमा आज दोस्रो चरणको विधानसभा निर्वाचन हुँदैछ।

निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी र आवागमनमा प्रतिबन्ध लगाइएको छ।

महोत्तरी जिल्ला प्रशासन कार्यालयका अनुसार मिति २२ कार्तिक साँझ ७ बजेदेखि २५ कार्तिक साँझ ८ बजे सम्म नेपाल–भारतका सबै मुख्य सीमा नाका बन्द रहनेछन्।

यस अवधिमा सामान्य आवागमन पूर्ण रूपमा रोकिएको छ भने मानवीय, स्वास्थ्य र आकस्मिक सेवाका साधनहरूलाई मात्र अनुमति दिइने प्रशासनले जनाएको छ।

निर्वाचन अवधिमा सुरक्षा जोखिम बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपालका सीमावर्ती जिल्लाहरू — सिरहा, सप्तरी, महोत्तरी, पर्सा, र रौतहट — मा प्रहरी र सशस्त्र प्रहरीद्वारा संयुक्त गस्ती बढाइएको छ।

नेपाल र भारत दुबै देशका सुरक्षा निकायबीच समन्वय गरी सीमाक्षेत्रमा शान्ति र स्थिरता कायम राख्ने तयारी गरिएको छ।

सम्बन्धित जिल्ला: सिरहा, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी, पर्सा, रौतहट

नाकाबन्दी अवधि: २२ कार्तिक साँझ ७ बजे देखि २५ कार्तिक साँझ ८ बजे सम्म