बिहारमा निर्वाचनको कारण नेपाल-भारत सीमा नाका २२ गते साँझ ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म बन्द

महोत्तरी टुडे     

सम्सी महोत्तरी, नेपाल – भारतको बिहार राज्यमा हुन लागेको दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थाको दृष्टिले महोत्तरी जिल्ला प्रशासन कार्यालयले नेपाल–भारत सीमा नाका अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले जारी गरेको सूचनाअनुसार सीमा नाका मिति २०८२ कार्तिक २२ गते साँझ ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म (कूल ७२ घण्टा) आवागमनका लागि पूर्ण रूपमा बन्द रहनेछ।

मानवीय र आकस्मिक सेवाबाहेक सबै प्रकारको आवागमन रोकिने जनाइएको छ। प्रशासनले सर्वसाधारणलाई समयमै जानकारी राख्न, अत्यावश्यक बाहेकका यात्रु तथा सवारी साधनलाई यात्रा स्थगित गर्न वा पूर्व तयारीका साथ यात्रा गर्न आग्रह गरेको छ।

मुख्य जिल्ला अधिकारी सञ्जय कुमार पोखरेलका अनुसार, भारतको बिहारमा हुने निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सीमा बन्द गरिएको हो।

FB_IMG_1762500247999.jpg