Breaking News: सगरमाथा आधार शिविर नजिक लबुचेमा हेलिकप्टर दुर्घटना, क्याप्टेन सकुशल

महोत्तरी टुडे     

काठमाडौँ- सगरमाथा आधार शिविर नजिकै लबुचे क्षेत्रमा आज बिहान अल्टिट्युड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।

9N-AMS कलसाइनको उक्त हेलिकप्टरमा क्याप्टेन मात्रै सवार रहेका थिए र उनी सकुशल रहेको जानकारी प्राप्त भएको छ।

जानकारीअनुसार, भारी हिमपातका कारण खुम्बु क्षेत्रमा फसेका पर्यटकहरूलाई उद्धार गर्न पुगेको हेलिकप्टर आज बिहान करिब ८ बजे दुर्घटनामा परेको हो।

FB_IMG_1761711881656.jpg

ल्याण्डिङ गर्ने क्रममा जमिनको हिउँ उड्न थालेपछि दृश्यता कम भएको र नियन्त्रण गर्न खोज्दा हेलिकप्टर जमिनमा जोतिएको बताइन्छ।

सौभाग्यवश, दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन।

क्याप्टेनलाई अर्को हेलिकप्टरमार्फत लुक्ला लगिएको र उनी सुरक्षित रहेको पुष्टि गरिएको छ।

अहिले उक्त क्षेत्रमा थप विवरण संकलन भइरहेको