वडा अध्यक्ष शेष उमैदद्वारा हिन्दू धर्मावलम्बीहरूको महान चाड शुभ दिपावलीको अवसरमा शुभकामना

महोत्तरी टुडे     

महोत्तरी टुडे, सम्सी ।

हिन्दू धर्मावलम्बीहरूको महान चाड शुभ दिपावलीको अवसरमा सम्सी गाउँपालिका–६ का वडा अध्यक्ष शेष उमैदले देश–विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

 

वडा अध्यक्ष उमैदले विभिन्न धर्म, जात, र संस्कृतिमा आधारित नेपाली समाज आपसी सद्भाव र सहअस्तित्वको सुन्दर उदाहरण भएको बताउँदै दिपावलीले ल्याउने उज्यालोले सबैको जीवनमा खुशी र समृद्धि फैलाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।

 

उहाँले भने 

“दिपावली उज्यालो र आशाको प्रतीक हो। यो पर्वले सबै समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत बनाओस्।”

अध्यक्ष उमैदले गाउँपालिकाभित्र धार्मिक सहिष्णुता, सामाजिक एकता र विकासका लागि सबै नागरिक मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

“हाम्रो समाज विविधतामा एकता भएको समाज हो। सबै धर्म, संस्कृतिको सम्मान गर्दै मिलेर अघि बढ्नु नै हाम्रो शक्ति हो,” उहाँले भन्नुभयो।

 

दिपावलीको शुभ अवसरमा उहाँले सम्पूर्ण गाउँवासीहरूमा शान्ति, सद्भाव, समृद्धि र आपसी एकताको उज्यालो सधैं रहोस् भन्ने कामना गर्नुभएको छ।