सम्सी गाउँपालिका अध्यक्ष रामनाथ यादवद्वारा दिपावली तथा छठ पर्वको शुभकामना

महोत्तरी टुडे     

महोत्तरी टुडे, सम्सी ।

हिन्दू धर्मावलम्बीहरूको महान चाड शुभ दिपावली तथा छठ पर्वको अवसरमा सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादवले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

 

अध्यक्ष यादवले दिपावली र छठ पर्वले ल्याउने उज्यालो, आस्था र एकताको सन्देशले सबै नेपालीको जीवनमा नयाँ उत्साह र समृद्धि ल्याओस् भन्ने कामना गर्नुभएको छ।

 

उनले भने 

“दिपावली अन्धकारमाथि उज्यालोको र असत्यमाथि सत्यको विजयको प्रतीक हो। यो पर्वले हाम्रा मनमा प्रेम, आपसी सद्भाव र सहकार्यको भावना जगाउने अवसर प्रदान गर्छ। छठ पर्व सूर्यदेवप्रतिको आस्था र मातृत्वको प्रतीक हो, जसले श्रम, संयम र समर्पणको सन्देश दिन्छ।”

 

अध्यक्ष यादवले गाउँपालिकाभित्र धार्मिक सद्भाव, सामाजिक एकता र सरसफाइ कायम राख्न सबै नागरिकलाई अनुरोध गर्दै थपे 

“हामी सबै मिलेर आफ्नो गाउँ र समाजलाई स्वच्छ, हरित र समृद्ध बनाउँ। दिपावली र छठ दुबै पर्वले हामीमा एकता र सहकार्यको ऊर्जा भरिदेओस्।”

 

यस अवसरमा उहाँले सम्पूर्ण सम्सी गाउँवासी तथा देश–विदेशमा रहनु हुने सबै नेपालीहरूमा शुभकामना व्यक्त गर्दै भन्नुभयो 

“सबैको घरमा उज्यालो, मनमा आनन्द र जीवनमा समृद्धि रहोस्।”