कतारमा एनआरएनएको समन्वयमा स्तन क्यान्सर सचेतना कार्यक्रम हुने

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा, कतार — कतारमा रहनु भएका नेपाली समुदायका महिलाहरूमाझ स्वास्थ्य सचेतना बढाउन गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् कतारको समन्वयनमा आगामी २४ अक्टोबर २०२५, शुक्रबार “स्तन क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम” आयोजना हुने भएको छ। एनआरएनएको यो पहल कतारमा कार्यरत नेपाली समुदायबीच स्वास्थ्य जागरुकता र सामाजिक कल्याणमा केन्द्रित रहेको छ।

कार्यक्रम अल नसिम मेडिकल सेन्टर, सी रिङ रोड दोहामा दिउँसो २:०० बजे देखि ५:०० बजे सम्म सञ्चालन हुनेछ। कार्यक्रममा स्वास्थ्य विशेषज्ञहरूले स्तन क्यान्सरको कारण, प्रारम्भिक लक्षण, जाँचका विधिहरू, र उपचारका विकल्पबारे विस्तृत जानकारी दिनेछन्।

FB_IMG_1760653516376.jpg

एनआरएनए कतारकी महिला उपाध्यक्ष टौमाया गुरुङले भनिन्, “कतारमा रहनु भएका दिदीबहिनीहरूले स्वास्थ्यबारे सचेत रहनु अत्यन्त जरुरी छ। स्तन क्यान्सर प्रारम्भिक चरणमै पहिचान गर्न सकिन्छ र उपचार सम्भव छ। यस कार्यक्रमले महिलाहरूलाई आफ्नै स्वास्थ्यप्रति जागरुक बनाउने र आवश्यक जानकारी दिने अवसर प्रदान गर्नेछ।”

 

एनआरएनएले कतारमा विभिन्न सामाजिक, सांस्कृतिक र स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको छ। उनका अनुसार, नेपाली समुदायको भलाइ र कल्याणका लागि स्वास्थ्य सचेतनालाई प्राथमिकता दिनु एनआरएनाको मुख्य उद्देश्य हो।

FB_IMG_1760654138234.jpg

कार्यक्रममा सिट सीमित रहेकोले इच्छुक दिदीबहिनीहरूले अग्रिम रूपमा ६६०४०९८२ नम्बरमा सम्पर्क गरी नाम दर्ता गराउनुपर्ने जानकारी दिइएको छ। एनआरएनएको यो पहल स्वास्थ्यप्रति जागरुकता बढाउने मात्र नभई, कतारमा बसोबास गर्ने नेपाली महिलाहरूलाई सामाजिक रूपमा पनि सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

 

एनआरएनाले भविष्यमा पनि यस्ता स्वास्थ्य, सामाजिक र सांस्कृतिक कल्याण कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्ने जनाएको छ। कतारमा रहनु भएका नेपाली दिदीबहिनीहरूलाई यस कार्यक्रममा सहभागी भएर आफ्नै स्वास्थ्य र समुदायको भलाइमा योगदान दिन हार्दिक अनुरोध गरिएको छ।