देउपुरा रुपैठा तेलियाही पोखरी विवाद : स्थानीयको माग-“पोखरी पुरेर प्रहरी र स्वास्थ्य चौकी खोल्नुपर्छ”

महोत्तरी टुडे     

धर्मेन्द्र कुमार यादव — महोत्तरी टुडे विशेष रिपोर्ट,

धनुषा जिल्लाको देउपुरा रुपैठा गाउँमा अवस्थित तेलियाही पोखरी फेरि एकपटक विवादको केन्द्र बनेको छ। नेपाल सरकारले सो पोखरीलाई सरकारी सम्पत्ति (राजकीय पोखरी) घोषणा गरेसँगै हिन्दु र मुस्लिम समुदायबीच पुनः तनाब उत्पन्न भएको हो।

 

विगतमा पनि सो पोखरीमाथि स्वामित्व र प्रयोग अधिकारको विषयमा धार्मिक र सांस्कृतिक मतभेद हुँदा पटक–पटक झडप र पथराव भएका थिए। अहिले पनि त्यस्तै घटना दोहोरिन सक्ने भन्दै प्रशासन सतर्क बनेको छ।

 

नेपाल सरकारले केही साताअघि उक्त पोखरीलाई सरकारी स्वामित्वमा लिने निर्णय गरेको थियो। सरकारको निर्णय अनुसार, पोखरी क्षेत्र कुनै धार्मिक वा व्यक्तिगत समूहको अधिकारमा नहुने बताइएको छ।

 

तर दुवै समुदायका अगुवा नेताहरूले यसमा असन्तुष्टि प्रकट गर्दै आफ्नो पक्षमा ऐतिहासिक र धार्मिक प्रमाणहरू प्रस्तुत गरिरहेका छन्।

 

> “यो पोखरी हाम्रो धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक स्थल हो। सरकारले बिना छलफल निर्णय गरेर स्थानीय भावनालाई चोट पुर्‍यायो।”

 

 

 

मुस्लिम समुदायका अगुवा मोहम्मद शब्बीर भने भन्छन् ।

 

तेलियाही पोखरीको विवाद गत पाँच वर्षमा तीनपटक प्रशासनिक सम्झौताबाट समाधान गर्न खोजिएको भए पनि स्थायी रूपले हल हुन सकेको छैन।

 

धार्मिक र सांस्कृतिक र्‍यालीका क्रममा पथराव, तोडफोड र झडपका घटना बिगतमा बारम्बार भएको स्थानीयले बताउँछन्।

 

त्यो क्रम दोहोरिन नदिनका लागि यसपटक स्थानीय प्रशासनले विशेष सुरक्षा योजना लागू गरेको छ। देउपुरा रुपैठा क्षेत्रमा हाल प्रहरीको २४ घण्टे गस्ती सञ्चालन भइरहेको छ।

 

धनुषा प्रहरीले देउपुरा रुपैठा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको जनाएको छ। प्रहरी स्रोतका अनुसार,

 

“हामी दिनरात ड्युटीमा तैनाथ छौं। कुनै पनि अप्रिय घटना हुन नदिने हाम्रो जिम्मेवारी हो।”

 

स्थानीयहरूले भने विवादित स्थलमा स्थायी प्रहरी चौकी र स्वास्थ्य चौकी स्थापना गर्न माग गरेका छन्। उनीहरूको भनाइमा,

 

“यदि पोखरी पुरेर त्यहाँ कार्यालयहरू सञ्चालन गरियो भने विवाद समाप्त हुने र विकास सम्भव हुने थियो।”

 

हाल क्षेत्रको अवस्था सामान्य देखिए पनि दुबै समुदायका बासिन्दा डराइ–डराइ जीवन बिताइरहेका छन्। बजारमा सामान्य कारोबार सुरु भए पनि धार्मिक स्थलहरूमा भीड घटेको छ।

 

प्रशासनले सर्वसाधारणलाई अफवाह नमान्न, संयमता अपनाउन र साम्प्रदायिक सौहार्द कायम राख्न आग्रह गरेक

 

स्थानीय जनताले सरकार र प्रशासनसँग निम्न सुझावहरू दिएका छन् —

 

पोखरी विवाद समाधानका लागि संयुक्त नागरिक समिति गठन

 

पोखरी क्षेत्रको समान उपयोग, संरक्षण र सौन्दर्यकरण

 

स्थायी प्रहरी चौकी स्थापना

 

साम्प्रदायिक मेलमिलापका लागि संस्कृतिक मेलाहरूको आयोजना

 

तेलियाही पोखरीको विवाद केवल जग्गा वा स्वामित्वको विषय होइन, यो साम्प्रदायिक सद्भाव र स्थानीय एकताको परीक्षा बनेको छ। यदि सबै पक्षहरूले धैर्य, संवाद र आपसी सम्मानका साथ अघि बढे भने, देउपुरा रुपैठा फेरि पनि धर्म, संस्कृति र मेलमिलापको उदाहरण बन्न सक्छ।