महोत्तरी प्रहरीले सर्वसाधारणलाई सतर्क रहन अपिल


महोत्तरी: जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १९ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
विभागका अनुसार सम्भावित वर्षाका कारण बाढी, डुवान, पहिरो र भू-क्षय हुने जोखिम उच्च छ। प्रहरीले नागरिकलाई सुरक्षित स्थानमै बस्न, अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न, र जोखिम क्षेत्र—नदी, खोला, नाला किनारबाट टाढा रहन अनुरोध गरेको छ।
📞 आपतकालीन सम्पर्क नम्बरहरू:
प्रहरी आपतकालीन नम्बर: १००
जिल्ला प्रहरी कार्यालय, महोत्तरी: ९८५४०३२४५५ / ९८५४०३००९९
प्रहरीका अनुसार विपद् व्यवस्थापन तथा उद्धारका लागि आवश्यक तयारी पूरा गरिएको छ र आवश्यकता परेमा तत्काल सहयोग प्रदान गरिनेछ।
साथै, बालबालिका, बृद्धबृद्धा र अशक्त व्यक्तिहरूको विशेष हेरचाह गर्न पनि अनुरोध गरिएको छ।