कतारमा मधेश प्रदेशका सचिव लालबाबु कवारी र पत्रकार सुरेन्द्रकुमार कामती सम्मानित

महोत्तरी टुडे     

दोहा (कतार) ।

कतारमा कार्यरत नेपाली श्रमिकहरू र त्यहाँ क्रियाशील विभिन्न संघसंस्थाले मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव मोहम्मद लालबाबु कवारी र नयाँ पत्रिकाका सिरहाका वरिष्ठ संवाददाता सुरेन्द्रकुमार कामतीलाई विशेष सम्मान गरेका छन्।

IMG-20251001-WA0012.jpg

कतारको राजधानीमा दोहा मुन्ताजा स्थित गोर्खाली रेस्टुरेन्टको सभा हलमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मधेश प्रदेश समन्वय परिषद कतारको अग्रसरतामा दर्जनौं संघ–संस्थाका प्रतिनिधिहरू, व्यवसायी, समुदाय अगुवा र गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीहरूको उपस्थितिमा दुई व्यक्तित्वलाई दोसल्ला ओढाइ, सम्मानपत्र तथा स्मृतिचिन्ह प्रदान गरिएको हो।

IMG-20251001-WA0008.jpg

कार्यक्रममा मधेश प्रदेश समन्वय परिषद्का अध्यक्ष मोहम्मद नियाज शेखले सचिव कवारीले सिराहा, महोत्तरीलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहँदै गर्दा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको, सुशासन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको र आम जनताको पक्षमा सदैव संवेदनशील भूमिका खेलेको भन्दै प्रशंसा गरे। उनले भने, “मधेश प्रदेशकै प्रशासनिक ढाँचामा सचिव कवारीको अनुभव, क्षमता र समर्पणले महत्वपूर्ण योगदान पु¥याएको छ। त्यस्तो योगदानलाई प्रवासी नेपालीहरूले सम्झनु र सम्मान गर्नु गर्वको कुरा हो।”

IMG-20251001-WA0005.jpg

त्यस्तै, पत्रकार सुरेन्द्र कुमार कामतीलाई सम्मान गर्नामाग्दको कारण उल्लेख गर्दै अध्यक्ष शेखले भने, “कामतीजीले निरन्तर रूपमा खोजमूलक पत्रकारितामार्फत सामाजिक विकृति, अनियमितता र सरकारी बेथितिको तथ्य उजागर गर्दै आएका छन्। सुशासन र पारदर्शिताको पक्षमा उनी सक्रिय रहँदै आएका छन्। यही कारण कतारमा रहेका नेपालीले उनलाई विशेष सम्मान गरेका हुन्।”

IMG-20251001-WA0015.jpg

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष कृष्ण पन्थी, व्यवसायी सागर नेपाल, कतार स्टिल टेक्नोलोजी (QST) की प्रबन्ध निर्देशक यास्मिन नाज, एनआरएनए एनसिसी तृतीय उपाध्यक्ष जाहगिर आलम, सिराहा समाज कतारका अध्यक्ष जयप्रकाश यादव, महोत्तरी समाज कतारका अध्यक्ष रामहृदय साह, धनुषा सेवा समाज कतारका अध्यक्ष जमिर नदाफ,सप्तरी सेवा समाज कतारका अध्यक्ष अन्वारुल हक, समाजसेवी महताब आलम, समाजिक अभियन्ता इसिलाल पण्डित, अजाद मन्सुरी, राष्ट्रीय हरियाली उदेश्यको लागि मधेसी संगठनका अध्यक्ष प्रदीप ठाकुर, राज देवकोटा,बिसेश्वर प्रसाद समाजिक अभियन्ता कलाम हुसैन खान लगायतले बधाई मन्तव्य राखेका थिए।

IMG-20251001-WA0016.jpg

पत्रकार राम एकवाल राम, पत्रकार आशिक हुसैन शेखलगायतले प्रवासी नेपालीहरूले मातृभूमिको सुशासन, श्रमिक अधिकार र पारदर्शिताका मुद्दामा निरन्तर चासो राख्नु प्रेरणादायी भएको बताएका थिए। उनीहरूले कतारमा रहेका नेपाली श्रमिकहरूले भोगिरहेका समस्या, जस्तै— ठगी, श्रम आपूर्ति प्रक्रियामा देखिने कमजोरी, अदक्ष कामदारका कारण भोगिने कठिनाइ लगायतका विषयमा नेपाल सरकारले तत्काल प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औंल्याए।

IMG-20251001-WA0008.jpg

सचिव कवारीले सम्मान ग्रहण गर्दै प्रवासी नेपालीहरूको समर्थन र माया आफूसँग रहँदा अझै ठूलो जिम्मेवारी थपिएको महसुस भएको बताए। उनले मधेश प्रदेशमा मात्र नभई सम्पूर्ण देशमै प्रशासनिक सेवा सुधार, नागरिकमैत्री नीति निर्माण र प्रवासी नेपालीको आवाजलाई सम्बोधन गर्न आफू सधैं प्रतिवद्ध रहने बताएका छन्।

IMG-20251001-WA0006.jpg

यस्तै, पत्रकार कामतीले आफ्नो पत्रकारिता यात्रामा प्रवासी नेपाली समुदायबाट पाएको सम्मान र सद्भावले आफूलाई अझ निष्पक्ष, तथ्यपरक र जनमुखी पत्रकारितामा प्रतिबद्ध रहन प्रेरणा मिलेको प्रतिक्रिया दिए।

 

कार्यक्रमको अन्त्यमा कार्यक्रमका संयोजक नियाज शेखले सबै पाहुनाप्रति धन्यवाद ज्ञापन गर्दै प्रवासी नेपालीहरूको मुद्दा, श्रमिक अधिकार र नेपालको सुशासनको पक्षमा कतारस्थित समुदाय निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाए।