सप्तरी सेवा समाज कतारको प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न


इस्लाम नदाफ, दोहा।
मधेशी समुदायको एकता, सामाजिक उत्थान र विदेशमा रहेका नेपालीबीच आपसी सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यका साथ सप्तरी सेवा समाज कतारको प्रथम अधिवेशन २०२५ सेप्टेम्बर २६, शुक्रबार सम्पन्न भयो।
अधिवेशन राजधानी दोहास्थित मुन्ताजा–गोर्खाली रेस्टुरेन्टको सभा हलमा भव्यताका साथ आयोजना गरिएको थियो। कार्यक्रममा कतारस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, समाजसेवी तथा प्रवासी नेपालीहरूको उल्लेख्य उपस्थिती थियो।
अधिवेशनका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष कृष्ण पन्थी हुनुहुन्थ्यो। साथै, मधेश प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नियाज शेख, समाजसेवी कलाम हुसैन शेख, अफिसर अलि खान, इसिलाल पण्डित, आजाद मन्सुर, साहिल हनिफ खान लगायत कतारमा क्रियाशील विभिन्न संघ–संस्थाका पदाधिकारीहरू र दाजुभाइ–दिदीबहिनीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवातमा कुरानको पठनबाट भएको थियो, राष्ट्रिय गान वाचन गरिएको थियो। त्यसपछि स्वर्गीय दिवंगत आत्माहरूको सम्झनामा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरियो।
अधिवेशनमा वक्ताहरूले समाजको संस्थागत विकास, आपसी सहयोग र प्रवासी नेपालीबीचको सम्बन्ध सुदृढीकरणका लागि यो अधिवेशन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। आगामी दिनमा कतारमा रहेका नेपालीहरूको समस्या समाधान, सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन र सहयोगी भावना अभिवृद्धि गर्नुपर्नेमा विशेष जोड दिइएको थियो।
कार्यक्रमको क्रममा संस्थाका पदाधिकारीहरूको परिचय गराइएको थियो र आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो। सहभागीहरूले संगठनलाई अझ बलियो र परिणाममुखी बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
सप्तरी सेवा समाज कतारको यो प्रथम अधिवेशन उपस्थित सबैको सक्रिय सहभागिताले सफल र ऐतिहासिक बनाएको आयोजक समितिले जनाएको छ।
पदाधिकारीहरूको विवरण:
अध्यक्ष: मो० अन्वारुल हक
उपाध्यक्ष: मोहम्मद मिस्टर, अब्दुल्लाह अन्सारी, नौसाद राइन
महासचिव: मोहम्मद शईद
सचिव: ज्ञानेन्द्र चौधरी, मो० नईम राईन, मो० गुलाम रसुल, मो० नौमान
कोषाध्यक्ष: मोहम्मद सद्दाम हुसेन, मुम्ताज आलम
मिडिया कोअर्डिनेटर: मोहम्मद इसाराऊल मिया, शमशाद सिद्दिकी
कार्यसमिति सदस्य: सुलेमान मिया, मोहम्मद मजेबुल, मोहम्मद अन्झारुल हक, छेदी लाल राम, मोहम्मद अताउरहमान, मोहम्मद तारिक अजिज, मोहम्मद रोजीत, मोहम्मद फिरोज,