नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण सम्पन्न, राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ

महोत्तरी टुडे     

काठमाडौं । नवनियुक्त चार मन्त्रीहरूले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले अनिलकुमार सिन्हा, डा. मदन परियार, महावीर पुन र जगदीश खरेललाई मन्त्रीमा नियुक्त गर्दै शपथ ग्रहण गराएका हुन्।

IMG_20250922_130108.jpgतस्बिर अन्नपूर्ण पोष्ट 

शपथ ग्रहणपछि उनीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

 

अनिलकुमार सिन्हा — उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय

 

डा. मदन परियार — कृषि मन्त्रालय

 

महावीर पुन — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

 

जगदीश खरेल — सञ्चार मन्त्रालय

 

शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।