नवनियुक्त मन्त्रीहरू आज सोमबार दिउँसो २ बजे शपथ ग्रहण गर्दै

महोत्तरी टुडे
आश्विन ६ २०८२

काठमाडौँ, असोज ५।
राष्ट्रपति कार्यालय, शीतल निवासले सोमबार दिउँसो २ बजे नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम तय गरेको छ।
प्रधानमन्त्री सुशीला कार्की ले आइतबार अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री पदमा नियुक्ति गर्न सिफारिस गरेकी थिइन्।
शीतल निवासका स्रोतका अनुसार, संगीता कौशल मिश्रासम्बन्धी केही प्रश्न उठेकाले उनको शपथ ग्रहण आज हुने कि नहुने निश्चित भइसकेको छैन।
अन्य चार मन्त्रीहरू भने निर्धारित समयमा शपथ ग्रहण गर्ने विश्वास गरिएको छ। यस शपथ ग्रहणसँगै सरकारले नयाँ मन्त्रिपरिषदको गठन प्रक्रिया पूरा गर्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया