दोहामा “Back to 90’s Star Night–2025” हुने, नेपाली र मैथिली कलाकारहरुको धमाकेदार प्रस्तुति
आशिक हुसैन शेख दोहा। कतारमा रहेका नेपाली दर्शक–श्रोतामाझ बहुप्रतिक्षित साँगीतिक कार्यक्रम “Back to 90’s Star Night–2025” आगामी सेप्टेम्बर २६ मा दोहाको एशियन टाउनस्थित एम्पिथ्रियटर सभाहलमा हुने भएको छ। कार्यक्रमको संयोजन रोशन अर्यालले गर्नेछन्।
Doha Vibes Production को आयोजनामा हुन लागेको उक्त कार्यक्रमलाई चर्चित नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन्। स्टेज किंग दुर्गेश थापा, सदावहार गायक कर्ण दास, ९० को दशकका चर्चित ब्यान्डहरु मध्यान्ह, लेकाली, देउराली, ब्रोसिस, भेगाबोन्ड, चर्चित गायिका सृजना खत्री, अभिनेत्री तथा आरोही कविता नेपाली, भोजपुरी गायक सानु कुमार तथा चर्चित नृत्य कलाकारहरु प्रिती पाश्वान, सुभी शर्मा र सपना चौहानले कार्यक्रमलाई रंगीन बनाउने भएका छन्।
आयोजकका अनुसार, कार्यक्रममार्फत प्राप्त हुने आम्दानीको केही अंश नेपालमा हालै Gen-Z आन्दोलनमा सहादत प्राप्त युवाका परिवारजनलाई सहयोग गरिनेछ। साथै, मृतक आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत गरिएको छ।
कार्यक्रम शुक्रबार, सेप्टेम्बर २६, साँझ ६:३० बजेबाट सुरु हुनेछ। आयोजकले समयमै सिट सुरक्षित गर्न आग्रह गरेका छन्।
