महोत्तरीको सम्सीमा जेन-जी आन्दोलनको समर्थनमा प्रदर्शन

महोत्तरी टुडे     

महोत्तरी सम्सी- gen- Z जेन-जी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–घण्टा घर चौकमा आज बिहानैदेखि स्थानीय युवाहरूले प्रदर्शन गरेका छन्।

FB_IMG_1757392133796.jpg

प्रदर्शनकारी युवाहरूले टायर बालेर सडक अवरोध गरेका कारण केही घण्टासम्म यातायात अवरुद्ध भएको स्थानीयहरूले बताएका छन्। उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै राजनीतिक असमानता, भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथि गरिएको दमनका विरुद्ध आवाज उठाएका छन्।

सडक अवरोधका कारण सर्वसाधारण यात्रुहरूलाई आवतजावतमा कठिनाइ भएको छ। विद्यालय जाने विद्यार्थी, कार्यालयतर्फ जाने कर्मचारी र सर्वसाधारण यात्रुहरू बीचमा अलपत्र परेका छन्।

FB_IMG_1757392133796.jpg

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। तर अहिलेसम्म कुनै ठूला झडप वा अप्रिय घटना भने नघटेको प्रहरीले स्पष्ट पारेको छ।

 

स्थानीय युवाहरूले चेतावनी दिँदै भनेका छन्, “जबसम्म सरकार युवाहरूको आवाज सुन्दैन, यस्ता प्रदर्शन अझ कडा रुपमा अगाडि बढ्नेछन्।