ललितपुरमा मन्त्री सवार गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते
महोत्तरी टुडे
भाद्र २१ २०८२
ललितपुर-
शनिबार बिहान ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मूल सडकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री हरिबहादुर मगर सवार गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दिएको छ।
घाइते बालिकाको हाल बीएनबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटना बिहान करिब ७ बजेतिर भएको हो। मन्त्री सवार गाडीले ठक्कर दिएलगत्तै नियन्त्रणमा नआई फरार भएको प्रत्यक्षदर्शीले बताएका छन्।
सडक दुर्घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
