सोना कुमारी महतो ‘उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका’ अवार्डबाट सम्मानित

महोत्तरी टुडे     

नरेन्द्र महतो महोत्तरी- मधेश प्रदेश महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–४ खेश्राहा निवासी चन्द्र किशोर महतो कोइरीकी बुहारी तथा हाल ईश्वरपुर नगरपालिका–२ मियाखोर निवासी सोना कुमारी महतो ‘उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका’ विधामा सम्मानित भएकी छन्।

Messenger_creation_0DDB6A59-57E0-4684-88AF-E26A35F40778.jpeg

स्वास्थ्य हेल्थ खबर फाउन्डेसन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा प्रदान गरिएको उक्त अवार्ड स्वास्थ तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलेको हातबाट महतोले प्राप्त गरेकी हुन्।

Messenger_creation_F5C4DCE9-41EC-479D-9869-56C46C889A7B.jpeg

उहाँको यो उपलब्धिले परिवारमा खुशी छाएको उहाँका श्रीमान लालेन्द्र महतोले जानकारी दिएका छन्। कामको सिलसिलामा सात वर्षदेखि कुवेतमा कार्यरत लालेन्द्रले पत्नीको सफलतामा गर्व महसुस भएको बताएका छन्।

Messenger_creation_BFFFF753-6454-4EC1-8F75-A0D9E54489C8.jpegMessenger_creation_3870ADEF-B837-48CD-8C1B-8474D7328DF8.jpeg