नेपाली समाज कतारको प्रशिक्षण तथा आन्तरिक भेटघाट कार्यक्रम सम्पन्न

महोत्तरी टुडे     

शियाराम यादव, भदौ १६ — जनता समाजवादी पार्टी (जापान)नेपालको प्रवास संगठन नेपाली समाज कतारद्वारा आयोजित बैठक तथा आन्तरिक अन्तरक्रिया क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।

IMG-20250830-WA0005.jpg

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मनिष यादवले गर्नुभयो भने उद्घोषणा संस्थाका सचिव राम एक्वाल रामले गर्नुभयो।

IMG-20250830-WA0005.jpg

उक्त कार्यक्रममा संस्थाका अग्रज व्यक्तिहरू, कार्यसमिति सदस्यहरू, पदाधिकारी तथा सल्लाहकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। यस अवसरमा संस्थामा नयाँ व्यक्तिहरूको आगमन भएकोमा उनीहरूलाई स्वागत गर्दै सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

 

कार्यक्रमको अन्त्यमा उपस्थित सबैले आउँदो नेपालीहरूको महान् पर्व दशैं, तिहार (दीपावली) तथा छठ पर्वको अवसरमा एक–अर्कालाई शुभकामना आदान–प्रदान गरेका थिए।