गृहमन्त्री रमेश लेखकद्वारा वीरगञ्जका अस्पतालमा हैजा संक्रमितहरूको अवलोकन

महोत्तरी टुडे     

पर्सा वीरगञ्ज — गृहमन्त्री रमेश लेखकले शनिबार साँझ वीरगञ्जका विभिन्न अस्पतालमा भर्ना भएका हैजा संक्रमितहरूको स्वास्थ्य अवस्था अवलोकन गरेका छन्।

 

मन्त्री लेखकले नारायणी अस्पताल, तराई अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पताल पुगेर उपचाररत बिरामीहरूको अवस्थाबारे जानकारी लिए।

 

अवलोकनपछि उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै आवश्यक परे नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट चिकित्सक टोलीसहित औषधि र उपकरण तुरुन्त उपलब्ध गराइने प्रतिबद्धता जनाए।

 

“नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिन्नौँ,” मन्त्री लेखकले भने, “केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार माग भए सुरक्षा निकायबाट आवश्यक जनशक्ति र औषधि तुरुन्तै पठाइनेछ।”

 

साथै, हैजा नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन उनले अस्पताल प्रशासनलाई आवश्यक समन्वय र सहयोगका लागि तयार रहन आग्रह गरे।