महोत्तरी समाज सेवा कतार संस्थाको मासिक बैठक सम्पन्न

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा, कतार — २९ अगस्ट २०२५

महोत्तरी समाज सेवा कतार संस्थाले आज आफ्नो मासिक बैठक सम्पन्न गरेको छ। बैठकमा आगामी नयाँ कार्यकालका लागि हुने अधिवेशनको तयारी, संस्थाले अघि सारेका सामाजिक सेवा कार्यहरू र त्यसका आगामी योजनाबारे विस्तृत छलफल गरिएको थियो।

 

बैठकले संस्थाले गर्ने हरेक कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबै सदस्यले साझा जिम्मेवारीपूर्वक योगदान दिनुपर्नेमा जोड दिएको छ। साथै विगत महिनाभर संस्थाले सञ्चालन गरेका विभिन्न कार्यहरूको वित्तीय प्रतिवेदन (हरेशाब) समेत प्रस्तुत गरी पारदर्शी ढङ्गले समीक्षा गरिएको थियो।

 

कार्यक्रम संस्थाका अध्यक्ष श्री राम हृदय साहको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा प्रमुख सल्लाहकार नियाज शेख, महासचिव बिरेन्द्र पासवान सचिव राजकरण साह उपाध्याय भबेस, इसिलाल पण्डित, प्रताप साह, दिपेन्द्र ठाकुर, शंकर साह, राजा साह,धर्बेन्द्र प्रसाद, बिनोद पासवान, लगायतका कार्यसमिति सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

बैठकको अन्त्यमा सबै सदस्यहरूले संस्थालाई अझ सबल, पारदर्शी र प्रभावकारी बनाउँदै समाजसेवामा निरन्तर योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे।