गणेश कुमार यादवलाई सर्लाही जिल्लाको अध्यक्षको जिम्मेवारी

महोत्तरी टुडे     

मलंगवा, १३ भदौ – राष्ट्रिय मुक्ति पार्टी नेपालले सर्लाही जिल्ला अध्यक्षमा गणेश कुमार यादवलाई मनोनित गरेको छ।

 

पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले बिहीबार यादवलाई आधिकारिक रूपमा मनोनयन पत्र प्रदान गर्दै जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

 

सर्लाहीको हरिपुर्वा नगरपालिकाका स्थायी बासिन्दा यादव केही दिनअघि मात्रै जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरेर राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका थिए।

FB_IMG_1756419951869.jpg